Birgunj News24
वीरगञ्जमा प्रेस चौतारी नेपालको संगठन सुदृढीकरण तथा कार्यशाला गोष्ठी  

वीरगञ्ज, १ फागुन । नेपाल कम्युनिष्ट पार्टी एमालेका उप महासचिव पृथ्वी सुब्बा गुरुङले अबको राष्ट्रपति एमालेको उम्मेदवार नै बन्ने बताए । 

आइतवार वीरगञ्जमा आयोजित प्रेस चौतारी नेपालको संगठन सुदृढीकरण कार्यशाला गोष्ठिलाई सम्बोधन गर्दै उप महासचिव गुरुङले पुस १० मा सत्तागठबन्धन दलबीच भएको सहमति अनुसार राष्ट्रपति एमालेकै बन्ने बताएका हुन ।

उप महासचिव गुरुङले पुष १० मा एमाले र माओवादीबीच भएको सहमतिमा प्रधानमन्त्री र सभामुख आलोपालो हुने तथा राष्ट्रपति एमालेले पाउने सहमति भएको थियो र सोही अनुरूप राष्ट्रपति एमालेकै उम्मेदवार हुने जनाए ।

माओवादी केन्द्रको हालैको बैठकले पनि एमाले सहितको राष्ट्रिय सहमति खोज्ने निर्णय गरेकाले सत्तागठबन्धनबाट एमालेले अगाडि सार्ने उम्मेदवार नै राष्ट्रपति बन्ने उप महासचिव गुरुङले बताए ।
उप महासचिव गुरुङले दल बाहिरको व्यक्तिलाई राष्ट्रपति बनाउने कुरा एमालेलाई स्वीकार्य नहुने जनाए ।

एमालेले अहिलेको सत्ता गठबन्धनलाई टिकाएर मुलुकमा राजनीतिक स्थायित्व, विकास र समृद्धिको बाटोमा अगाडि बढाउने उप महासचिव गुरुङले बताए ।

गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुन सरकारमा फर्काउने, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई पनि सरकारमा सामेल गराउने तयारी भइरहेको बताए।

गुरुङले सुदूरपश्चिम प्रदेशमा फेरि एमालेकै सरकार बन्ने परिस्थिति बन्दै गएको जनाए। कार्यक्रममा नेकपा एमालेको जनसंगठन संयन्त्रका संयोजक पूर्व स्वास्थ्यमंत्री भानुभक्त ढकालले संकगठलाई कामकाजी बनाउन आवश्यक रहेको बताए । उनले प्रेस चौतारी नेपालचुस्त दुरुस्त रुपमा संचालन गर्नकालागि कतिपय संरचनागत सुधार आवश्यक रहेको बताए ।

 नेकपा एमालेका प्रचार बिभागका उउ्रमुख बिष्णु रिजाल,जनसंगठन संयन्त्रका सह संयोजक रचना खडका , केन्द्रीय सदस्य अरविन्द सिंह नेकपा एमाले पर्साका अध्यक्ष जयप्रकाश थारु नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी लामिछाने लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा भएको कार्यक्रम प्रेस चौतारी नेपालका महासचिव हिरामना लामाले संचालन र पर्साका अध्यक्ष श्याम बन्जाराले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

कार्यशालमा केन्द्रीय सचिवालयको तर्फबाट आधारपत्र प्रस्तुत गरिएको थियो । आधारपत्रमा ७ वटा समुह बनाई छलफल गरि प्रस्तुती गरिएको थियो । सोमवार प्रेस चौतारी नेपालको केन्द्रीय समितिको बैठक बस्ने कार्यसूची रहेको महासचिव हिरामान लामाले बताए ।

प्रकाशित मिति: सोमबार, फागुन १, २०७९  १२:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update