वीरगञ्ज, २७ माघ । नेपाल भोपजुरी समाजले वीरगञ्जको सुन्दरमल रामकुमार कन्या माबिमा भोजपुरी कला संस्कृतीको बारेमा प्रशिक्षण दिएको छ ।
समाजका अध्यक्ष ध्रुवसिंह ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव राजेन्द्र सिंह राजपुतले विद्यार्थीहरुलार्ई प्रशिक्षण दिएका हुन् । भोजपुरी भाषा र संस्कृतिको जगेर्ना, संरक्षण एवम् संवद्र्धन गर्नुपर्ने विषयमा उनले विद्यार्थीहरुलाई प्रशिक्षण दिएका हुन् ।
भोजपुरी भन्ने बित्तिकै अश्लिलतालाई सम्झीने प्रवृतिको अन्त्य गरी सभ्य र सकारात्मक कुराहरु पनि छन् भन्ने सन्देश प्रवाह गर्ने अभिप्रायले अभियान सञ्चालन गरिएको समाजका अध्यक्ष ठकुरीको भनाई छ ।
कार्यक्रममा समाजका सल्लाहाकार मनोज कुमार मिश्र, विद्यालयकी प्रधानाध्यापिका अनिता साह, समाजका उपाध्यक्ष रितुराज पटेल, कोषाध्यक्ष अशोक कुश्वाहा, संचारकर्मी संजय गुप्ता, राज कुमार सरार्फ, त्रिलोकी पटेल, दिनेश मिश्र लगायतको सहभागीता रहेको थियो ।
समाजले प्रत्येक साताको शुक्रबार सामुदायिक विद्यालयमा गई सचेतना अभियान संचालन गर्दै आएको छ ।



