Birgunj News24
वीरगञ्जबाट प्रतिबन्धित लागुऔषधसहित ३ जना पक्राउ   

वीरगञ्ज, २५ माघ ।  जिल्ला प्रहरी कार्यालय पर्साले प्रतिबन्धित लागु औषध र ट्रकसहित ३ जनालाई पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ ड्राइपोर्ट गेट अगाडी सडकखण्डबाट वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक डिल्लीराज सापकोटा र लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगञ्जबाट खटिएको सयुँक्त प्रहरी टोलीले २ जनालाई पक्राउ गरेको हो ।

विभिन्न सवारी साधनलाई चेकजाँच  गर्ने क्रममा प्रदेश २–०३–००१ क् १९३४ नम्बरको ट्रकलाई रोकी रीतबमोजिम चेकजाँच गर्दा चालक बस्ने सिटमुनी सेतो प्लाष्टिकको बोराभित्र लुकाईछिपाई ल्याइएको प्रतिबन्धित लागु औषध फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

प्रवक्ता गिरीका अनुसार १ हजार मिलिलिटरको अनरेक्स १ सय ६६ बोत्तल, ५७ बोत्तल कोडीवेल कफ सिरप सहित २ सय २३ बोत्तल फेला परेको हो । 

लागु औषधसहित मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर ९ निवासी ४२ वर्षीय निर्मल पौडेल, सोही ठाउँका ४० वर्षीय रमेश थापा र २९ वर्षीय सुदर्शन खड्कालाई पक्राउ गरिएको छ । 
 

प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  १६:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update