वीरगञ्ज, २५ माघ । वीरगञ्जको घण्टाघरदेखि पावर हाउस चोकसम्मको सडक खण्डमा रहेका खाली स्थानमा वृक्षरोपण गरिएको छ ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको आयोजना र बिरगञ्ज महानगरपालिका तथा राष्ट्रपति चुरे तराई मधेश संरक्षण बिकास समिति भरतपुर चितवनको सहयोगमा वृक्षरोपण गरिएको हो ।
वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वृक्षरोपण गरेर कार्यक्रमको उद्घाटन गरेका थिए ।
ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतानको अध्यक्षतामा भएको कार्यक्रममा म्यांगो स्टिक एक सय थान, सिङगापुरी ५० थान, रातो रानी ७५ थान, गुलाबको फुल २५ थान गरि जम्मा २ सय थान बिरुवा रोपिएको व्यवस्थित वीरगञ्ज अभियानका संयोजक दिलिपराज कार्कीले जानकारी दिए ।
कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिमिल्सिना, वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल, प्रहरी उपरीक्षक कोमल साह, सशस्त्र प्रहरी उपरीक्षक सुमन तिमिल्सिना, प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकी, वीरगञ्ज महानगरपालिकाका सरसफाई शाखा अधिकृत सरफुदिन मिया लगायत बिभिन संघ संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।



