Birgunj News24
स्वतन्त्र प्रदेश सभा सदस्य शारदा शंकर कलवार जसपामा प्रवेश

वीरगञ्ज, २२ माघ । बाराको क्षेत्र नम्बर २ (क) बाट निर्वाचित स्वतन्त्र प्रदेश सभा सदस्य शारदा शंकर कलवार जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् । 

मधेश प्रदेशका अर्थमन्त्री संजय कुमार यादव र जसपा मधेश प्रदेशका अध्यक्ष रामबाबु कुमार यादवले उनलाई जसपामा प्रवेश गराएक हुन् । 

जसपा बिराटनगर महानगरपालिकाका अध्यक्ष अमरेन्द्र यादव पनि उपस्थिती थिए । नेकपा एमालेका बलवीर भुजेललाई पराजित गर्दै ९ हजार २ सय ९५ मतका साथ कलवार प्रदेश सभामा निर्वाचित भएका हुन् । 

कलवारसँगै मधेश प्रदेशमा जसपाका १९ जना सांसद भएका छन् । यसअघि पर्साको क्षेत्र नम्बर ३ (क) बाट निर्वाचित प्रमोद कुमार जैसवाल र महोत्तरीको क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित सुरिता साह पनि जसपामा प्रवेश गरीसकेका छन् । 

प्रकाशित मिति: आइतबार, माघ २२, २०७९  १५:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update