Birgunj News24
माइस्थान सडकलाई लिएर परेको मुद्धामा महानगरको पक्षमा अदालतको आदेश

वीरगञ्ज ।  वीरगञ्जको माइस्थान मन्दिर अगाडीको बाटोका बारेमा परेको रिटमा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले महानगरपालिकाको पक्षमा आदेश दिएको छ । 

न्यायाधिसद्वय अच्यूतप्राद भण्डारी र सुदर्शनदेव भण्डारी को इजलासले माइस्थान मन्दिर अघिको बाटो खुलाउन माग गर्दै परेको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।

महानगरले मन्दिर क्षेत्रमा गरेको सौन्दर्यकरणको विरोध गर्दै रेवती प्रसाद साहले वीरगञ्ज महानगरपालिकालाई बिपक्षी बनाएर दिएको रिटमा अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।  

साहले गएको माघ १० गते निषेधाज्ञा आदेशको माग गर्दै उच्च अदालतमा रिट दायर गरेका थिए ।  दुबै पक्षको बहस पछि मंगलबार अदालतले महानगरको पक्षमा आदेश दिएको हो । 

वीरगञ्ज महानगरपालिकाले माइस्थान मन्दिर क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विस्तार गर्न सौन्दर्यकरणको काम गरिरहेको छ । महानगरले मन्दिर अगाडीको सडक तथा दायाँबायाँ सडकमा पेभर्स लगाउने काम सकाएको छ भने विद्युतीकरण र गार्डेनिङको काम अघि बढाउन लागेको छ । 

नगर सौन्दर्यको बिरोध गर्नेहरुले काम हुन नदिन षड्यन्त्र गरे पनि अदालतले महानगरको पक्षमा आदेश दिएसँगै उनीहरुको षड्यन्त्र तुहिएको महानगर प्रमुख राजेशमान सिंह बताउनुहुन्छ ।

प्रकाशित मिति: बुधबार, माघ १८, २०७९  १६:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update