Birgunj News24
पर्सा २ (ख) का उम्मेदवार कुर्मी जनताको घरदैलोमा

वीरगञ्ज, ४ कार्तिक । वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ का मतदाताले प्रदेश सभा सदस्यमा रमेश प्रसाद कुर्मीलाई नै जिताउनुपर्ने अडान राखेका छन् । पर्साको क्षेत्र नम्बर २ (ख) बाट कुर्मीको जित सुनिश्चित रहेको स्थानीय लालबाबु पटेलले बताए ।

पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका कुर्मीले जनताको माझमा बनाएको सकारात्मक छापले नै उनले मत पाउने र विजयी हुने पटेलको दावी छ । त्यसैगरी स्थानीय नन्दलाल यादवले पनि आफ्नो मत कुर्मीलाई नै हुने बताए । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का कुर्मीले निर्वाचित भएपछि आफ्नो क्षेत्रमा विकास निर्माणका काम गर्नुपर्ने स्थानीय सन्तोष तिवारीले बताए ।

त्यस क्षेत्रका युवाहरुको खेलकुदतर्फ बढी आकर्षण भएको हुँदा उपयुक्त किसिमको खेल मैदानसँगै खेलाडीहरुका लागि आवश्यक खेल सामाग्रीको व्यवस्था गरिदिनुपर्ने माग पनि त्याहाँका युवाहरुले कुर्मीसमक्ष राखेका थिए । त्याहाँका मतदाताले राखेका मागहरु जायज भएको बताउँदै उम्मेदवार कुर्मीले आफुले पहिलो कार्यकालमा पूरा गर्न नसकेका कामहरुलाई निरन्तरता दिनुका साथै युवा स्वरोजगारलाई पनि प्राथमिकता दिने बताएका छन् ।

फेरी एकपटक अवसर दिएमा आफ्नो क्षेत्रका जनताले विकास र परिवर्तनको प्रत्याभुती गर्न पाउने कुर्मीको प्रतिबद्धता छ । साथै उनले यस गाउँका जनताकै मागबमोजिम सामुदायिक विवाह भवन र खेलकुद मैदान बनाउने बाचा पनि गरेका छन् ।

विगतको दिनमै देखेको सपना पूरा गर्न नसकेको बताउँदै उनले अबको निर्वाचनमा विजयी बनाए जसरी पनि पूरा गर्ने बताएका छन् । सो अवसरमा मौलाना सविर साहव, शेख फिरोज लगायत सत्ता गठबन्धनमा आवद्ध दलका नेता, कार्यकर्ता एवम् स्थानीयको उल्लेख्य उपस्थिती रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ४, २०७९  ११:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update