Birgunj News24
बिना विभागीय मन्त्रीहरुको जिम्मेबारी तोकियो

जनकपुरधाम । मधेश प्रदेशका बिना विभागीय मन्त्रीहरुको जिम्मेबारी तोकिएको छ । गत पुस २९ मुख्यमन्त्री सरोजकुमार यादवसंगै बिना विभागीय मन्त्रीको पद तथा गोपनीयताको सपथ लिएका तीन मन्त्रीको जिम्मेबारी मंगलबार तोकिएको हो ।

जसपाका सञ्जय यादवलाई अर्थ, नेकपा एमालेका सरोज यादवलाई भौतिक पूर्वाधार र जनमत पार्टीका बसन्त कुशवाहलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिने निर्णय मंगलबार बसेको मन्त्रिपरिषद बैठकले गरेको हो ।

 

 

मुख्यमन्त्री यादवले दुईदिन भित्रै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेका छन् ।

प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  १२:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update