Birgunj News24
ठाकुरराम क्याम्पसमा नेविसंघद्वारा सरसफाई

वीरगञ्ज, १० माघ ।  वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा मंगलवार सरसफाई गरिएको छ । नेपाल विद्यार्थी संघ ठाकुर राम बहुमुखी क्याम्पस इकाई समितिले क्याम्पस परिसरमा सरसफाई गरेको हो । 

विद्यार्थी नेता सुधानसु प्रसाद चौरसियाको अध्यक्षतामा  नेपाली कांग्रेस जिल्ला उप सभापति रामनारायण कुर्मी, अशोक गुप्ता, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति महमद सहाबुदिन, नगर अध्यक्ष मनिन्द्र लाल नेपाली (मडु) ठा.रा.ब क्याम्पस प्रमुख उमेश प्रसाद चौरसिया, क्याम्पसका लेखा प्रमुख गुन्जन सिंह लगायत नेवि संघ तथा नेपाली कांग्रेसका नेताहरुको उपस्थितीमा क्याम्पस परिसर सरसफाई गरिएको हो । 

यसअघि सोमवार मात्रै अनेरास्ववियुले पनि सरसफाई गरेको थियो । स्ववियु निर्वाचन नजिकिएसँगै क्याम्पसका विद्यार्थी संगठनहरु सक्रिय भएका हुन् । 

प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  २१:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update