Birgunj News24
पोखरियामा निःशुल्क आँखा शिविर सम्पन्न, १८२ जनाको चेकजाँच

वीरगञ्ज, १० माघ ।  पर्साको पोखरिया नगरपालिका वडा नम्बर ९ मा निःशूल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ । लायन्स क्लब अफ वीरगञ्ज सेन्ट्रल सिटी र पर्सा ख्रीष्टियन समाजको सयुँक्त आयोजनामा वीरगञ्ज सामुदायिक आँखा अस्पताल र पोखरीया नगरपालिका वडा नं. ९ को सहकार्यमा निःशुल्क आँखा चेकजाँच शिविर सम्पन्न भएको हो ।

लायन्स क्लब अफ वीरगञ्ज सेन्ट्रल सिटीकी अध्यक्ष सल्मा खातुनको अध्यक्षतामा सम्पन्न शिविरमा १ सय ८२ जनाले निःशुल्क आँखा चेकजाँच गराएका छन् ।

ती मध्ये ७२ जनामा मोतियाबिन्दुको समस्या देखिएको वीरगञ्ज सामुदायिक आँखा अस्पतालका मेडिकल संयोजक महेशसिंह धामीले जानकारी दिए । धामीका अनुसार मोतियाबिन्दको समस्या देखिएका ७२ जनाकै यही माघ १४ गते शनिबार निःशुल्क शल्यक्रिया गरिने छ ।  

कार्यक्रममा पोखरीया नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष नौशाद आलम, लायन्स क्लब इन्टरनेशनल डिष्ट्रीक्ट ३२५ एसका डिष्ट्रीक्ट चेयरपर्सनद्वय गुड्डी जोशी, विजय कुशवाहा, प्रभु अस्पतालकी संचालिका एवं वरिष्ठ प्रसुति रोग विशेषज्ञ डा. लक्ष्मी थापा, लोसपाका नेता एवं समाजसेवी नेजामुद्दीन समानी, क्लबकी कोषाध्यक्ष सुशिला साह लगायतको उपस्थिती रहेको पर्सा ख्रीष्टियन समाजका महासचिव रामप्रसाद घिमिरेले जानकारी दिए । 

प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  २१:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update