Birgunj News24
होटल तथा पर्यटन व्यवसायी संघद्वारा सिडिओ ढकालको विदाई 

वीरगञ्ज, ९ माघ ।  होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जले पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाललाई सम्मान तथा विदाई गरेको छ । जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी ढकालको सरुवा भएपछि उनले पर्सा जिल्लामा रहेर गरेका काम सह्रानीय रहेको भन्दै संघले सम्मान तथा विदाई गरेको हो । 

संघका अध्यक्ष हरि पन्तको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी ढकालले आफ्नो पर्सा जिल्लाको कार्यकाल सफल बनाइदिएकोमा सबैप्रति आभार व्यक्त गरे । 

आफु एक्लैले चाहेर काम गर्न नसकिने बताउँदै उनले यहाँका होटल व्यवसायी, बुद्धिजिवी, सामाजिक अभियानता, सञ्चारकर्मी लगायत सबैको सहयोग पाएको बताए । वीरगञ्जबाट सकारात्मक भाव लिएर जाँदै गरेको बताउँदै उनले वीरगञ्जको बसाई आफ्नो लागि अविस्मरणीय रहने बताए । होटल व्यवसाय राति १२ बजेसम्म खोल्न पाउने नियममा गृहकार्य भइरहेको हुँदा व्यवसायीहरुको माग केही समयभित्रै सम्बोधन हुने विश्वास पनि उनले दिलाएका छन् । 

संघका अध्यक्ष पन्तले होटल व्यवसायीहरुका समस्याका सम्बन्धमा प्रशासनीक सहयोगमा प्रमुख जिल्ला अधिकारीले कुनै कसर बाँकी नराखेको बताउँदै नयाँ ठाउँको कार्यकाल पनि सफल होस् भन्ने शुभेच्छा व्यक्त गरे । 

कार्यक्रममा केन्द्रिय सदस्यद्वय सुरेन्द्र राउत श्रेष्ठ, रचेन्द्र थापा, संघका शेखर चौधरी, माधव बस्नेत, हिरा श्रेष्ठ, कुबेर कार्की, सन्दिप बस्नेत, वीरगञ्ज उद्योग वाणिज्य संघका सहसचिव अनुज रुंगटा, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का लगायतको उपस्थिती रहेको थियो । 
 

प्रकाशित मिति: सोमबार, माघ ९, २०७९  १२:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update