Birgunj News24
एमाले र जसपाका गठबन्धनलाई जिताउने नेपाल बुद्धिजिवी परिषद् मधेश प्रदेशको निर्णय

वीरगञ्ज, ४ कार्तिक ।  जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमालेको गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्नेमा नेपाल बुद्धिजिवी परिषद्ले जोड दिएको छ ।

नेकपा एमालेको भातृ संगठन  नेपाल बुद्धिजिवी परिषद् मधेश प्रदेश समितिको बिहिवार बसेको बैठकमा सहभागीहरुले जसपा र एमालेको गठबन्धनका आधिकारीक उम्मेदवारहरुलाई जिताउन लागिपर्ने निर्णय गरेको छ । 

परिषद् मधेश प्रदेशका अध्यक्ष शम्भु प्रसाद गुप्ताको अध्यक्षतामा बसेको बैठकले मधेश प्रदेशका ८ वटै जिल्लाका संसदीय निर्वाचन क्षेत्र र प्रदेश सभाका निर्वाचन क्षेत्रमा नेकपा एमाले र जसपाको गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन आवश्यक सुझाव दिनुका साथै ईमान्दारीपूर्वक सहयोग गर्ने निर्णय गरेको छ । 

 

 

त्यसैगरी मधेश प्रदेशका सबै संसदीय र प्रदेश निर्वाचन क्षेत्रका उम्मेदवारलाई विजयी बनाउन आवश्यक सुझाव र सहयोगका लागि प्रत्येक संसदीय क्षेत्रमा ५ सदस्यीय निर्वाचन सहयोग समिति गठन गर्ने÷गराउने निर्णय भएको परिषद् मधेश प्रदेशका अध्यक्ष गुप्ताले जानकारी दिए ।

नेपाल बुद्धिजिवि परिषद्का केन्द्रीय सचिव एवम् मधेश प्रदेश इन्चार्ज डा. अर्जनु सिंहप्रमुख आथित्यतामा बसेको बैठकमा परिषद् मधेश प्रदेशका उपाध्यक्ष जीवछ यादव, सचिव अनिल कुमार झा, उपसचिव शशि भट्ट, नवलकिशोर झा लगायत पदाधिकारी एवम् सदस्यहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ४, २०७९  ११:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update