Birgunj News24
पर्साका प्रमुख जिल्ला अधिकारी ढकालको सरुवा, पर्सामा रेग्मी आउँदै

वीरगञ्ज, ७ माघ ।  पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालको सरुवा भएको छ ।

सरुवा भएको १ वर्षभन्दा बढी समय भइसकेपछि ढकालको काज सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ । ढकालको गृह मन्त्रालय सिंहदरवारमा सरुवा गरिएको छ भने उनको ठाउँमा जिल्ला प्रशासन दाङ्मा कार्यरत सहसचिव हिरालाल रेग्मी आउने भएका छन् । 

रेग्मी नेपालगञ्ज उप–महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम गरेका रेग्मी पनि कुशल प्रशासकका रुपमा चिनिन्छन् ।

रेग्मीले जिल्ला विकास समिति कालिकोट, अछाम, सुर्खेत, गुल्मी र दैलेखमा स्थानीय विकास अधिकारीको रुपमा काम गरि सकेका छन् भने धनगढी, टिकापुर, धरान नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गरिसकेका छन् । २०६६ सालमा उपसचिव भएका रेग्मी २०७६ सालमा सहसचिव भएका हुन ।

सरकारले पर्साका प्रजिअसँगै ४२ जना प्रमुख जिल्ला अधिकारी र ७ जना सहायक प्रमुख जिल्ला अधिकारी गरेर ७० जना सहसचिव र उपसचिवको सरुवा गरेको हो । 

प्रकाशित मिति: शनिबार, माघ ७, २०७९  १२:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update