Birgunj News24
यति एयरलाइन्सका आजका सबै उडान स्थगित 

वीरगञ्ज, २ माघ ।यति एयरलाइन्सले सोमबार सबै उडान स्थगित गरेको छ ।

आइतबार पोखरामा यति एयरलाइन्सकाे विमान दुर्घटना भएकाले आइतबार साँझ नै विज्ञप्ति जारी गर्दै यति एयरले सोमबार कुनै पनि उडान नगर्ने जनाएको हो । विमान दुर्घटना भएपछि हराइरहेका यात्रुहरुको खोजी तथा उद्धार कार्य साेमबार बिहानदेखि नै सुरु हुने भएको छ ।

 

ल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार सोमबार बिहानदेखि उद्धार कार्य गरिने भएकाे छ । आइतबार दिनभरमा पनि उद्धार कार्य सकिएको थिएन भने रात परेपछि उद्धार तथा खोजी कार्य रोकिएको थियो ।

विमानमा चालक दलका ४ जना तथा ६८ जना यात्रु रहेकोमा ६९ जनाको शव फेला परेको छ । ३ जना अझै वेपत्ता रहेका छन् ।

प्रकाशित मिति: सोमबार, माघ २, २०७९  ०९:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update