Birgunj News24

वीरगञ्ज, २९ पुष ।  बाराको महागढीमाई नगरपालिका वडा नम्बर ७ तेलकुवामा निःशूल्क स्वास्थय शिविर सम्पन्न भएको छ । मधेश प्रदेश प्रहरी अस्पताल रुपनी, सप्तरी रWhatsApp Image 2023-01-12 at 9.32.25 PM1673603936.jpeg वीरगञ्ज हेल्थ केयर पर्साको प्राविधिक सहयोगमा नेपाल प्रहरी श्रीमती संघको आयोजनामा शिविर सम्पन्न भएको हो । 

महागढीमाई नगरपालिकाका प्रमुख उपेन्दै यादवको सभापतित्वमा सम्पन्न शिविरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष कुसुमलता सिंह, मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर धनुषाका प्रमुख प्रहरी नायब महानिरीक्षक मसाऊँद आलम खाँ लगायतको उपस्थिती रहेको थियो ।  

शिविरमा महागढीमाई नगरपालिका वडा नम्बर २ र ७ का २ सय २३ जना विपन्न परिवारलाई २ थानका दरले ४ सय ४६ थान न्यानो कम्बल पनि वितरण गरिएको छ ।

निःशूल्क स्वास्थ्य शिविरमा मधेश प्रदेश प्रहरी अस्पताल रुपनी सप्तरीका प्राध्यापक प्रहरी उपरीक्षक डा. नविन कुमार चौधरी नेतृत्वको विशेषज्ञ टोलीसहित वीरगञ्ज हेल्थ केयर पर्साका डा. मनोज कुमार कुशवाह नेतृत्वको चिकित्सकको टोलीले ४ सय ३२ जनाको चेकजाँच गरेको थियो । बालरोग, जनरल फिजिसियन, स्त्री तथा प्रसुती रोग, हाड जोर्नी लगायत विभिन्न रोगहरुको निःशूल्क परामर्शसँगै औषधीसमेत वितरण गरिएको थियो । 

सो अवसरमा १ लाख ४२ हजार ५ सय रुपैयाँ बराबरको औषधी प्रदा नगरिएको थियो । सोही अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष कुसुमलता सिंहले महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादवलाई प्राथमिक उपचार बक्ससमेत प्रदान गरेकी थिइन् । 

प्रकाशित मिति: शुक्रबार, पुस २९, २०७९  १५:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update