Birgunj News24
लोसपा मधेश प्रदेश संसदीय दलको नेतामा शर्मा सर्वसम्मत

वीरगञ्ज, २७ पुष । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेश संसदीय दलको नेतामा अभिराम शर्मा सर्वसम्मत चुनिएका छन् ।

पार्टी अध्यक्ष महन्थ ठाकुरको उपस्थितिमा बुधबार काठमाडौँमा भएको छलफलले दलको नेता टुंगो लगाएको हो ।

संसदीय दलको नेतामा शर्मासँगै जितेन्द्र सोनलको दाबी थियो । तर शर्माको नाममा सहमति जुटेको प्रदेशसभा सदस्य उपेन्द्र महतोले जानकारी दिएका छन् ।

प्रकाशित मिति: बुधबार, पुस २७, २०७९  १३:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update