वीरगञ्ज, २६ पुष । वीरगञ्ज जेसीजको ५० औँ साधारण सभा सम्पन्न भएको छ । वार्षिक साधारण सभाबाट अर्बिन्द श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन् ।
जम्मा ७० मतमध्ये ४९ मतका साथ श्रेष्ठ अध्यक्षमा निर्वाचित हुँदा उनका प्रतिद्वन्दी रविन्द्र श्रेष्ठले १७ मत प्राप्त गरेका छन् ।
जेसीज वीरगञ्जको कार्यकारी उपाध्यक्षद्वय सरोज चौरसिया र टपेन्द्र चौधरी निर्वाचित भएका छन् भने उपाध्यक्षमा अजय राउत, राजेश प्रसाद कुशवाह, सुजीत वर्णवाल र उमेश गुप्ता निर्वाचित भएका छन् ।
त्रिलोक नाथ साह महासचिवमा निर्वाचित भएका छन् । अजय चौधरी कोषाध्यक्षमा चयन भएका छन् ।
प्रकाशित मिति: मंगलबार, पुस २६, २०७९ १६:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय



