वीरगञ्ज, २५ पुष । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ४ बलिरामपुर मा न्यानो कपडा तथा भाँडाबर्तन वितरण गरिएको छ । वडाअध्यक्ष किशोरी साह तुराहाले स्थानीय बिपन्न एवम् गरिबसँगै ज्येष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गरेका हुन् । बढ्दै गरेको चिसो मौसमलाई मध्यनजर गर्दै कम्बल वितरण गरिएको तुराहाले बताए ।
साथै सामाजिक कार्यहरुमा प्रयोजन गर्ने अभिप्रायले भाँडाबर्तन पनि उनले उपलब्ध गराएका छन् । मण्डल समुदायको लागि विवाह, बर्तबन्ध, पूजा लगायतका कार्यको लागि २५ थान प्लाष्टिकको कुर्सी उपलब्ध गराएका छन् ।
गाउँपालिका अध्यक्ष जुल्फकार अली भुटो , सशस्त्र प्रहरी निरीक्षक राजकुमार पण्डित, मुसह र्वा चौकीका प्रहरी नायब निरीक्षक अजय राम, सशस्त्र प्रहरी निरीक्षक पदम खड्का, असई सुजीत कुमार सिंह, पतिलाल साह, जवाहिर साह, गा. पा. सचिव लक्ष्मी साह लगायतको उपस्थितीमा भाँडा बर्तन र न्यानो कम्बल वितरण गरिएको हो ।



