Birgunj News24
घट्यो सिमरादेखि काठमाडौँसम्मको हवाई भाडा

वीरगञ्ज, २५ पुष । सरकारले इन्धनको मूल्यमा प्रतिलिटर २० रुपैयाँ कटौती गरेसँगै हवाई भाडा समेत घटेको छ ।

वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौंबाट धनगढीको उडानमा सबैभन्दा धेरै ८८५ रुपैयाँ भाडा घटेको छ ।

यसअघि यो रुटमा यात्रुले हवाई इन्धनका लागि मात्र ८ हजार ३९५ रुपैयाँ तिरिरहेकोमा अब ७ हजार ५१० रुपैयाँ तिरे पुग्नेछ । यससँगै धनगढीको अधिकतम भाडा १६ हजार १४० रुपैयाँमा झरेको छ ।

त्यसैगरी सिमराबाट काठमाडौँसम्मको उडान भाडा पनि घटेको छ । यसअघि यात्रुले हवाई इन्धनका लागि मात्र तिरिरहेको १ हजार ७१० रुपैयाँ भाडा अब घटेर १ हजार ५३० रुपियाँ पुगेको छ । यससँगै सिमराबाट काठमाडौँको अधिकतम भाडा ४ हजार ६० रुपैयाँमा झरेको छ ।

काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा ६८५ रुर्पैयाँ भाडा घटेको छ । अब माउन्टेन फ्लाइटको अधिकतम भाडा १४ हजार २०५ रुपैयाँ कायम भएको छ । काठमाडौंबाट भद्रपुरका लागि ६०० रुपैयाँ भाडा घटेको छ ।

प्रकाशित मिति: सोमबार, पुस २५, २०७९  १४:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update