Birgunj News24
नेशनल ईन्फोटेक कलेजको तेस्रो जित

वीरगञ्ज, २३ पुष ।  नेशनल ईन्फोटेक कलेजले लगातार तेस्रो जित हात पारेको छ । वीरगञ्जमा जारी नेशनल ईन्फोटेक कप अन्र्तगत शनिवार भएको दोस्रो खेलमा नेशनल एकेडेमीलाई ८ विकेटले पराजित गर्दै नेशनल ईन्फोटेकले तेस्रो जित हात पारेको हो ।    

टस जितेर ब्याटिंग रोजेको नेशनल एकेडेमीले १९ ओभर ४ बल खेल्दै सबै बिकेट गुमाएर ७६ रनको योगफल तयार पारेको थियो । ७६ रनको योगफल बनाउन सबैभन्दा धेरै कृष भण्डारीले २० रन बनाए ।

नेशनल एकेडेमीलाई सस्तैमा समेट्न नेशनल ईन्फोटेकका सेराजुल आलमले ३ बिकेट लिए । ३ ओभर ४ बल गरेका उनले १ मेडन ओभर बनाएर जम्मा ७ रन खर्चीए । त्यस्तै रन्जित कुमार र वासिम अली मंसुरीले २/२ विकेट लिँदा शेख अबुबाकर, साहिल मंसुरी र सोनु कुशवाहाले १/१ विकेट लिए । 

७७ रनको सामान्य लक्ष्य नेशनल ईन्फोटेकले जम्मा २ विकेटको क्षतीमै पूरा ग¥यो । नेशनल ईन्फोटेकले ११ ओभरमै २ बिकेट गुमाएर ८० रन बनाएपछि तेस्रो जित हात पारेको हो । 

नेशनल ईन्फोटेकलाई जित दिलाउन सफवन अंसारीले ४ चौका र १ छक्का प्रहार गर्दै २७ बलमा ३७ रन बनाए । राहुल हकले १८ रन बनाउँदा वासिम अली मंसुरीले ११ रन बनाए । 

बलींगतर्फ नेशनल एकेडेमीका अजाद मियाँ र शेख समीरले १/१ विकेट लिए । 

प्रतियोगितामा नेशनल ईन्फोटेकका सेराजुल आलम प्लेयर अफ दी म्याच घोषित भएको नेशनल ईन्फोटेक कलेजका प्रबन्ध निर्देशक मनिष सिंहले जानकारी दिए । 
 

प्रकाशित मिति: शनिबार, पुस २३, २०७९  १६:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update