वीरगञ्ज, २३ पुष । पर्साको पर्सागढी नगरपालिकाले पनि विद्यालयमा विदाको अवधी थप गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत छविरमण भट्टराईले एक सूचना जारी गर्दै विदाको अवधी बढाइएको जानकारी दिएका छन् ।
तराईका जिल्लाहरुमा हुस्सु एवम् शितलहरका कारण अत्यधिक चिसो बढ्दा पठनपाठनमा असहज हुने हुँदा छात्रछात्राहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै विदा बढाइएको सूचनामा उल्लेख गरिएको छ ।
उक्त सूचनाअनुसार यसअघि पुष १९ गते जारी सूचनामा २२ गतेसम्म विदा भनिएपनि अब विदाको अवधी बढाएर २९ गतेसम्म थप गरिएको छ ।
२४ गते आईतवारदेखि २९ गतेसम्म नगरपालिकाका सामुदायिक एवम् संस्थागत विद्यालयहरु बन्द हुने पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठकले जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, पुस २३, २०७९ १६:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय



