वीरगञ्ज, २३ पुष । वीरगञ्ज पब्लिक कलेज (बिपिसी) ले डिएभी कलेजलाई ५ विकेटले पराजित गरेको छ । वीरगञ्जस्थित नारायणी रंगशालामा जारी नेशनल ईन्फोटेक कप अन्र्तगत आज भएको पहिलो खेलमा बिपिसी ५ विकेटले बिजयी भएको हो ।
टस जितेर ब्याटिंग गरेको डिएभी कलेजले १९ ओभर १ बलमा सबै बिकेट गुमाउँदै १ सय १५ रनको योगफल तयार पारेको थियो । डिएभीका लागि अजय पटेलले ३८ बलमा ७ चौका प्रहार गर्दै ४२ रन बनाए । पिन्टु कुमार यादवले २५ रन जोडे । बलींगतर्फ बिपिसीका मोहम्मद अब्सर हुसैन र निरज कुमार यादवले ३/३ विकेट लिए । तौफीक शेखले २ विकेट लिँदा रोहित कुमार कुशवाह र बाल्मिकी राउत कुर्मीले १/१ विकेट लिए ।
१ सय १६ रनको लक्ष्य बिपिसीले १८ ओभर ५ बलमै ५ बिकेटको क्षतीमा भेटायो । बिपिसीका लागि निरज कुमार यादवले अर्धशतक कटाए । उनले ३३ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ५१ रन बनाउँदा अभिषेक यादवले २१ रन बनाए । डोपेश पटेलले १८ रन जोडे ।
डिएभीका जिशान अख्तरले २ विकेट लिए भने बिशाल कुमार यादव र रोहित राज यादवले १÷१ विकेट लिए ।
पहिलो खेलमा ३ विकेट लिनुका साथै अर्धशतक कटाउने बिपिसीका निरज कुमार प्लेयर अफ दी म्याच घोषित भएको नेशनल ईन्फोटेक कलेजका प्रबन्ध निर्देशक मनिष सिंहले जानकारी दिए ।



