Birgunj News24
नेपाल पत्रकार महासंघ पर्साद्वारा नयाँ सदस्यताका लागि आवेदन आह्वान 

वीरगञ्ज, २० पुष ।  नेपाल पत्रकार महासंघ पर्साले नयाँ सदस्यताका लागि आवेदन आह्वान गरेको छ । गत पौष १६ गते बसेको बैठकले गरेको निर्णय बमोजिम नयाँ सदस्यताका लागि आह्वान गरिएको महासंघ पर्साका उपाध्यक्ष युवराज खड्काले जानकारी दिए । 

खड्काका अनुसार १८ वर्ष उमेर पूरा भएका नेपाली नागरकिले आगामी माघ १५ गतेसम्म आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ । 

नयाँ सदस्यताका लागि नेपाल पत्रकार महासंघ पर्सा शाखाको कार्यालयमा आवेदन फारम उपलब्ध छ । त्याहाँबाट लिइएको फारम भरी नागरिकताको प्रतिलिपि, आवद्ध संचार संस्थाको नियुक्ती पत्र, कार्यरत संचार संस्थाको सिफारिस पत्र, हालसालै खिचिएको पासपोर्ट साइजको २ प्रति फोटोसँगै प्रविणता प्रमाण पत्र तह उतिर्ण गरेको शैक्षिक प्रमाण पत्र पेश गर्नुपर्ने महासंघले जारी गरेको सूचनामा उल्लेख छ । सूचनाअनुसार आवेदकले १ हजार रुपैयाँ आवेदन शूल्क पनि भुक्तानी गर्नुपर्नेछ । 

त्यस्तै विगतको निर्वाचनमा उम्मेदवार भएका बाहेक शाखाका साधारण सदस्यहरुलाई सदस्यता नवीकरण गर्न पनि महासंघ पर्साका सचिव भुषण यादवले आग्रह गरेका छन् । 
 

प्रकाशित मिति: बुधबार, पुस २०, २०७९  १६:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update