Birgunj News24
मधेश प्रदेश सभाको सभामुखको निर्वाचन आगामी माघ २ गते हुने

वीरगञ्ज, १९ पुष । मधेश प्रदेश सभाको सभामुखको निर्वाचन आगामी माघ २ गते हुने भएको छ ।

प्रदेश सभा अध्यक्ष गोविन्दबहादुर न्यौपानेले आगामी माघ २ गते सभामुखको निर्वाचन हुने जानकारी दिए । उनका अनुसार प्रदेशसभा कार्यसञ्चालन नियमावली २०७५ अनुमोदनका साथै नियमावलीको नियम ११ बमोजिम सभामुख र उपसभामुखको अनुपस्थितिमा अध्यक्षता गर्ने सदस्यको मनोनयन गरिएको हो । 

मनोनित सदस्यहरूमा सांसदहरू रेखा ठाकुर, बच्चा राउत अहिर, चन्दनकुमार सिंह, जितेन्द्रप्रसाद सोनार, फकिरा महतो र रत्नेश्वर गोइत रहेका छन् ।

प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९  १३:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update