वीरगञ्ज, २ कार्तिक । वीरगञ्ज, सहित देशैभर बुधबार अपरान्ह भुकम्पको धक्का महसुस गरिएको छ । बुधबार अपरान्ह ३ बजेर ८ मिनेटमा भुकम्पको धक्का महसुुस गरिएको हो ।
भूकम्प ५ दशमलव ९ म्याग्नेच्युटको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यस्तै भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको नेपाल चीन सीमाना नजिकै चिनियाँ भूमिमा रहेको पनि केन्द्रले जानकारी दिएको छ ।
भुकम्पको धक्का पर्साको वीरगञ्ज सहित बारा, रौतहट, काठमाण्डौ, चितवन, गोर्खा लगायत देशैभर महसुस गरिएको सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले सामाजिक सञ्जालमा लेखेका छन् ।
प्रकाशित मिति: बुधबार, कात्तिक २, २०७९ १९:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय



