Birgunj News24
नेशनल ईन्फोटेक कलेज १० विकेटले बिजयी

वीरगञ्ज, १८ पुष ।  वीरगञ्जको नारायणी रंगशालामा जारी नेशनल ईन्फोटेक कप २०७९ अन्र्तगत आज भएको दोस्रो खेलमा नेशनल ईन्फोटेक कलेज १० विकेटले बिजयी भएको छ । 

टस जितेर ब्याटिंग रोजेको इम्पेरियल कलेजले १४ ओभरमै सबै बिकेट गुमाएर ६५ रनमै समेटिएको थियो । इम्पेरियल कलेजका लागि पारसनाथ यादवले १३ र मन्टु यादवले ११ रन बनाए । बलिङ्तर्फ नेशनल ईन्फोटेक कलेजका सोनु कुशवाहले ३ विकेट लिए । ३ ओभर बलींग गर्दै कुशवाहले २३ रन खर्चिएर ३ विकेट लिँदा रन्जीत कुमार र साहिल मन्सुरीले २÷२ विकेट लिए भने वासिम अली मन्सुरीले १ विकेट लिए । 

६६ रनको सामान्य लक्ष्य नेशनल ईन्फोटेक कलेजले बिना बिकेटकै क्षतिमा पुरा ग¥यो । नेशनल ईन्फोटेक कलेजका आदर्शन अनुप साह एक्लैले ४२ रन बनाए । उनले १ छक्का र ७ चौका प्रहार गर्दै ३८ बलमा ४२ रन बनाउँदा रोहित जैसवालले ३ चौका प्रहार गर्दै २३ बलमा १५ रन बनाएर टिमलाई जित दिलाए । 

यस खेलमा ३ ओभर बलींग गरेर ३ विकेट लिएका नेशनल ईन्फोटेक कलेजका सोनु कुशवाह प्लेयर अफ दी म्याच घोषित भएको नेशनल ईन्फोटेक कलेजका प्रबन्ध निर्देशक मनिष सिंहले जानकारी दिए । 

यसअघि आजै भएको पहिलो खेलमा वीरगञ्ज कलेजलाई ४१ रनको फराकिलो अन्तरले पराजित गर्दै वीरगञ्ज पब्लिक कलेज (बिपिसी) बिजयी भएको थियो । 

प्रतियोगिताअन्र्तगत भोली पुल ‘बी’ कै २ वटा खेल हुनेछन् । पहिलो खेल बिहान ८ बजे डिएभी कलेज र वीरगञ्ज कलेजबिच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेल मध्यान्ह १२ बजे ग्लोबल बिजनेस कलेज र वीरगञ्ज पब्लिक कलेज (बिपिसी) बिच प्रतिस्पर्धा हुनेछ । 

प्रकाशित मिति: सोमबार, पुस १८, २०७९  १७:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update