Birgunj News24
 अङ्ग्रेजी नयाँ वर्षको अवसरमा एसपी शाहसँग भेटघाट तथा वृक्षरोपण सम्पन्न   

वीरगञ्ज, १७ पुष ।  अङ्ग्रेजी नयाँ वर्षको अवसरमा जिल्ला प्रहरी कार्यालय पर्साको परिसरमा वृक्षरोपण गरिएको छ ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्र्तगत ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको आयोजनामा वृक्षरोपण गरिएको हो ।

केन्द्रका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा वृक्षरोपण गर्नुका साथै जिल्ला प्रहरी कार्यालय पर्सामा सरुवा भएर आएका प्रमुख प्रहरी उपरीक्षक कोमल विक्रम शाहसँग पनि भेटघाट गरिएको सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्लीका अध्यक्ष राम सर्राफले जानकारी दिए ।

सर्राफका अनुसार सो अवसरमा विभिन्न प्रजातीका विरुवा रोपिएका छ । त्यस्तै प्रमुख प्रहरी उपरीक्षक शाहसँग पनि परिचयात्मक एवम् भेटघाट कार्यक्रम सम्पन्न भएको छ । 

सो अवसरमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दीपक गिरी, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक ध्रुब प्रसाद दाहाल, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक बिशाल मल्ल, वीरगञ्ज सामुदायिक आँखा अस्पालका मेडिकल संयोजक महेश सिंह धामी, सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष ग्यासुदिन ठकुराईसँगै सामुदायिक सेवा केन्द्रका पदाधिकारी एवम् सदस्यहरु लगायतको उपस्थिती रहेको सामुदायिक सेवा केन्द्र ग्रिनसिटीका सचिव मुरली जलानले जानकारी दिए । 
 

प्रकाशित मिति: आइतबार, पुस १७, २०७९  १७:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update