वीरगञ्ज, १६ पुष । वीरगञ्जमा यही पुष २० गतेदेखि एक्युपन्चर उपचार शिविर शुरु हुने भएको छ । शनिवार वीरगञ्जस्थित जैन श्वेताम्बर तेरापंथी सभामा आयोजित पत्रकार सम्मेलनका क्रममा यही पुष २० गतेदेखि पुष २९ गतेसम्म एक्युपन्चर उपचार शिविर शुरु हुने जानकारी गराइएको हो ।
जैन श्वेताम्बर तेरापंथी वीरगञ्जले भैरोचना फाउण्डेशन काठमाण्डौको समन्वयमा अनुभवी चिकित्सक डा. पवन थापा, डा. माया तामाङ्ग, डा. मनिष अग्रवाल हरुद्वारा चिनिया पद्धतीअनुरुप उपचार गराइने संयोजक सुनिल कुमार मनोतले जानकारी दिए ।
उनका अनुसार शिविरमा अक्युपंचर, मोक्सा, कपिंग पद्धतीमार्फत प्यारालाइसिस, ढाड गर्दन दुख्ने, डिस्क प्रोल्याप्स, बाथ, आर्थराइटिस्, जोर्नीहरु दुख्ने, महिनावारीका समस्या लगायतका दीर्घ रोगहरुको उपचार हुनेछ ।
यही पुष २० गतेदेखि तेरापंज जैन भवनमा हुने शिविरमा रजिष्ट्रेशन गराउन २ सय ५० रुपैयाँ लाग्ने श्वेताम्बर तेरापंथी सभाका अध्यक्ष निर्मल जैनले जानकारी दिए । रजिष्ट्रेशन शूल्क बाहेक कुनै पनि शूल्क नलाग्ने जैनले बताए ।



