Birgunj News24
कोल्हवीमा निःशूल्क आँखा जाँच शिविर : २८० को परीक्षण गर्दा ९० जनामा मोतिबिन्दु 

वीरगञ्ज, १६ पुष ।  बाराको कोल्हवी नगरपालिका वडा नम्बर ३ जुअवामा निःशूल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । 
वीरगञ्ज सामुदायिक आँखा अस्पतालसँगको सहकार्यमा कोल्हवी नगरपालिकाले शिविर सञ्चालन गरेको हो । शिविरमा २ सय ८० जनाको आँखा चेकजाँच गर्दा ९० जनामा मोतिबिन्दु फेला परेको वीरगञ्ज सामुदायिक आँखा अस्पतालका मेडिकल संयोजक महेशसिंह धामीले जानकारी दिए । 

मोतिबिन्दुकै कारण हुने अन्धोपनलाई रोक्नका लागि निःशूल्क आँखा जाँच शिविर सञ्चालन गरिएको कोल्हवी नगरपालिकाका प्रमुख रामप्रसाद चौधरीले बताए । आगामी दिनमा अरु वडामा पनि यस शिविरलाई निरन्तरता दिने चौधरीको भनाई छ । 

शिविरमा वीरगञ्ज सामुदायिक आँखा अस्पतालका नेत्र चिकित्सक एवम् नेत्र अधिकृतहरुले चेकजाँच गरेका थिए । 

शिविरमा नगरपालिकाकी उपप्रमुख लक्ष्मी कुमारी चौधरी, वडा नम्बर ३ का वडाअध्यक्ष किसुनदयाल चौधरी, समाजसेवी मनोजा चौधरी लगायत जनप्रतिनिधि, समाजसेवीहरुको उपस्थिती रहेको थियो । 
 

प्रकाशित मिति: शनिबार, पुस १६, २०७९  १५:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update