बझाङ, २ कार्तिक । बझाङको मष्टा गाउँपालिकामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । मष्टा गाउँपालिकाको डुङ्ग्रीबाट गाउँपालिकातर्फ गइरहेको जिप आज दिउँसो दुर्घटना भएको हो ।
जिप सडकबाट करिब दुई सय मिटर तल खोल्सामा खसेको छ । दिउँसो ४ बजेतिर भएको दुर्घटनामा परी ८ जना घाइते भएको मष्टा गाउँपालिका वडा नं १ का अध्यक्ष रामचन्द्र रोकायाले बताए ।
उद्धार कार्य जारी रहेकोले घाइते र मृतकको संख्या थपिन सक्ने उनले बताए । जिपमा कति जना सवार थिए भन्ने एकिन भइसकेको छैन ।
नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय उद्धार कार्यमा जुटिरहेको प्रहरी निरीक्षक रमेश अवस्थीले जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, कात्तिक २, २०७९ १९:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय



