ब्राजिलियन फुटबलर पेलेको निधन
विश्व फुटबलकै महान खेलाडी ब्राजिलियन फुटबलर पेलेको निधन भएको छ ।
क्यान्सर पीडित पेलेको ८२ वर्षको उमेरमा ब्राजिलकै साओ पाउलोको अल्बर्ट आइन्सटाइन अस्पतालमा निधन भएको बीबीसीले जनाएको छ ।
विश्व फुटबलकै महान मानिएका पेलेले ब्राजिललाई सन् १९५, १९६२ र १९७० मा गरी तीन पटक फिफा विश्वकपको उपाधि दिलाएका थिए ।
विश्वकप फुटबलको उपाधि तीन पटक जित्ने एकमात्र खेलाडी पेलेलाई सन् २००० मा फिफा प्लेयर अफ द सेन्चुरी घोषणा गरिएको थियो ।
पेलेले ब्राजिलका लागि ९२ खेलमा ७७ गोल गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९ १३:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय


