Birgunj News24
सशस्त्र प्रहरीद्वारा प्रतिबन्धित गाँजा नष्ट

वीरगञ्ज, १५ पुष । सशस्त्र प्रहरीले १ कट्ठा १० धुर क्षेत्रफलको जग्गामा रोपिएका गाँजाका बिरुवा फडानी गरेको छ ।

सिरहाको सिरहा नगरपालिका वडा नम्बर २१ लगडिगोडस्थित विभिन्न ठाउँमा लगाइएका प्रतिबन्धित लगभग ५ सय ५० वटा बोट बिरुवा फडानी गरी नष्ट गरिएको हो ।

बिओपी लगडिगदियानीबाट सशस्त्र प्रहरी नायब निरीक्षक लिलाबहादुर बुढाथोकीको नेतृत्वमा खटिएको ७ जनाको टोली र प्रहरी चौकी लगडिगोठबाट खटिएको प्रहरी सहायक निरीक्षक गौरीशंकर साह नेतृत्वको ७ जनाको टोलीले गाँजा फडानी गरी नष्ट गरेको सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआईजी) गणेश ठाडा मगरले जानकारी दिए । 

प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९  १३:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update