 
                                                                        वीरगञ्ज। नेपालबाट भारततर्फ ल्याइँदै गरेको मदिरासहित दुई जना मदिरा तस्करलाई भारतीय अन्तः शुल्क प्रहरीले पक्राउ गरेको छ।
अन्तःशुल्क निरीक्षक अभिषेक आनन्दका अनुसार, नेपालबाट साइकलमा नेपाली बियर ल्याउँदै गरेका मौजे रक्सौलका नन्दलाल दासका छोरा धर्मेन्द्र दासलाई पक्राउ गरिएको छ। पक्राउपछि ६० पिस क्यान बियर बरामद गरिएको छ।
अभिषेक आनन्दले बताए अनुसार, अनुसन्धानका क्रममा नेपालबाट अर्को तस्करलाई समेत पक्राउ गरिएको छ। तस्करको नाम मोतिहारी बन्जारियाका निवासी मोहरम मियाँका छोरा सलाउद्दीन मियाँ रहेको प्रहरीले जनाएको छ। उक्त तस्करको साथबाट १ सय ६० बोतल नेपाली कस्तुरी मदिरा बरामद गरिएको छ।
दुवै अभियुक्तलाई आवश्यक कागजी प्रक्रिया पूरा गरी न्यायिक हिरासतमा पठाइएको छ। भारतीय अन्तः शुल्क प्रहरी निरीक्षक अभिषेक आनन्दले जानकारी दिएका छन्।




 
                                                 
                                                 
                                                 
                                                 
                             
                             
                             
                             
                             
                            