वीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत आगामी मङ्सिर ४ गते हुने प्रदेशसभा निर्वाचनका लागि जसपा-एमाले गठबन्धनबाट प्रदेशसभा सदस्य पदका लागि उम्मेदवार बनेका छन् । यसअघि पर्साको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा (ख) मा जसपाबाट निर्वाचित भएका राउत मधेश प्रदेशको मुख्यमन्त्री हुन् ।
पर्साबाट प्रतिनिधित्व गरेर मुख्यमन्त्री बनेपनि पर्सेली जनता भने उनीसँग खासै खुशी देखिदैनन् । मुख्यमन्त्री भएपछि वीरगञ्जलाई राजधानी बनाउन नसकेको उनीमाथि ठूलो आरोप छ । अझ भनौं मुख्यमन्त्रीको कुर्सीसँग राजधानी साटेको उनलाई आरोप लगाउने गरेका छन् ।
त्यस्तै मधेश प्रदेश सरकारले चलाएको विभिन्न कार्यक्रमहरुमा पनि व्यापक भ्रष्टाचार र अनियमितता गरेको पनि उनिमाथि आरोप छ । उन मुख्यमन्त्री हुँदा सञ्चालन गरिएका केही कार्यक्रममा भ्रष्टचार भएको प्रानित समेत भएको छ । मुख्यमन्त्री बने पनि पर्सा जिल्लाका लागि उनले देखिन लायक कुनै काम गर्न भने सकेका छैनन् ।
तत्कालिन जसपा-राजपा संयुक्त सरकारको समयदेखि नै तत्कालिन राजपा वर्तमान लोसपाका युवा नेता ओमप्रकाश सर्राफले मुख्यमन्त्रीको कार्यशैलीको चर्को विरोध गर्दै आएका छन् । अहिले भने मुख्यमन्त्री र उहाँको कटु आलोचक ओमप्रकश सर्राफ निर्वाचनको मैदानमा आमने सामनो भएका छन् ।
मधेस आन्दोलनमा सकृय रहँदा गिरफ्तार भई प्रहरी हिरासतमा बसेर मुद्दासमेत खेपेका युवा नेता सर्राफ आफू मुख्यमन्त्री राउतको विकल्पको रुपमा उम्मेदवार बनेको बताउँछन् ।
वीरगञ्ज महानगरपालिका बनाउने अभियानको आन्दोलनको संयोजक, लोडसेडिङ मुक्त सत्याग्रह आन्दोलनका संयोजक, सिर्सिया नदी बचाऊ अभियानको सदस्य भएर पनि सक्रिय रुपमा राजनीतिक र सामाजिक क्रियाकलापमा लागि रहेका सर्राफ आफूलाई जनमत पाउनेमा ढुक्क छन् ।
नारायणी अस्पताल सुधार र विकासको लागि लामो समयदेखि सक्रिय भएर नारायणी अस्पताल बिकास सहयोग अभियानका संयोजक समेत बनेका सर्राफ तराई मधेसमा प्रचार प्रसारको अभावमा पछि परेको पर्यटन क्षेत्रको विकासका लागि अभियान शुरु गरे । उनि भिजिट मधेस (तराई टुरिज्म) को राष्ट्रिय संयोजक समेत बने ।
गरिब, विपन्न असहायहरुलाई खाना, नाना र छानाको व्यावस्थाका लागि निरन्तर लगाएका सर्राफ जाडोमा कठांग्रिएर कोहीपनि नागरिकको ज्यान नजाओस भन्ने उद्देश्यले कपडा उपलब्ध गराउने अभियानको रुपमा स्थापना गरिएको वीरगञ्ज कपडा बैंकको अभियन्ता बने ।
त्यस्तै सामाजिक रुपमा देखिएका विभिन्न किसिमका समस्या र द्वन्द्वको समाधानका लागि स्थापित नागरिक संवाद मञ्च पर्साको संयोजक भएर पनि काम गरे । धेरै क्षेत्रमा सक्रिय भएर काम गरेका सर्राफ अमेरिकी प्रतिष्ठित बिश्वबिद्धालय सानडियागोबाट लिडरसिप अध्ययन गरेका छन् ।
वैश्विक रुपमा फैलिएको कोरोनामाहामारीमा राहत बितरण, नि:शूल्क भोजन अभियान, निशुल्क एम्बुलेन्स सेवा, प्लाजमा ब्याङ्क स्थापनामा मात्रै होईन कोरोनाका कारण बन्द गरिएको नरायणी अस्पतालको जेनरल सेवा सुचारुको लागी दुई महिनासम्म धर्ना दिएर सेवा सुचारु गर्न ठूलो भूमिका खेलेका थिए ।
अक्सिजन कन्सरट्रेसन ब्याङ्कको स्थापनाको संयोजक, दाइजो एवम् समाजिक कुरिती विरुद्धको अभियानको सदस्य, हिरो अफ मधेसबाट सम्मानित र अन्य देश विदेशको दर्जनौं सम्मान, पुरस्कारमा सम्मानित सर्राफले यसपटक विभिन्न भ्रष्टाचारको मुद्दा लागेका मुख्यमन्त्री राउतले जित्ने कुनै आधार नरहेको दावी गर्छन ।
विगत डेढ दशकदेखि राजनीति र समाजिक क्षेत्रमा सक्रिय सर्राफ बौद्धिक र हरेक विषयमा तार्किक बहस गर्ने युवाको रुपमा पहिचान बनाएका छन् । त्यसैले पनि अहिलेका मतदाता खासगरी युवा जमातको रोजाईमा सर्राफले आफूलाई उभाएका छन् ।
पद र पैसाको भन्दा व्यावस्था र प्रणाली सही हुनुपर्छ भन्ने वकालत गर्ने युवा नेता सर्राफ युवा नेतृत्व राजनीतिमा नआउने हो भने अझै युवाले अवसरबाट वञ्चित हुनुपर्ने अवस्था रहेको बताउँछन् । ट्रिब्युन न्यूजबाट साभार ।



