जसपाको संसदीय दलको नेतामा रामसहाय प्रसाद यादव निर्विरोध निर्वाचित
वीरगञ्ज, १३ पुष । जनता समाजवादी पार्टी जसपाको संसदीय दलको नेतामा रामसहाय प्रसाद यादव निर्विरोध निर्वाचित भएका छन् ।
संसदीय दलको नेता चयनका लागि यादवको मात्र मनोनयन दर्ता भएकाले प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।
बस्नेतका अनुसार निर्वाचन समितिले यादव निर्विरोध घोषणा गर्न भने बाँकी नै छ ।
एक समूहले अशोक राई वरिष्ठ नेता भएको र उनी नै संसदीय दलको नेता हुनु पर्ने बताउँदै आए पनि उनी उम्मेदवार नै बनेनन् ।
प्रकाशित मिति: बुधबार, पुस १३, २०७९ १५:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय


