वीरगञ्ज, १२ पुष । काठमाण्डौ उपत्यका बाहिर पहिलो पटक वीरगञ्जमा आयोजित राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ । मुनलाईट माद्यामिक विद्यालय वीरगञ्जले आयोजना गरेको अन्तरविद्यालय बुद्धिचाल प्रतियोगितामा काठमाण्डौको साउथ वैस्टर्न स्कुल प्रथम हुँदा आयोजक मुनलाईट मावि द्वितिय र टिलिङ्गटार स्कुल तृतिय भएको मुनलाईट माविका प्रबन्ध निर्देशक सुलभ केसीले जानकारी दिए ।
टुर्नामेन्ट डाइरेक्टरसमेत रहेका केसीका अनुसार छात्रतर्फबाट प्रथम हुने मेरिडियन इन्टरनेशनल स्कुलका पुरुषोत्तम सिलवारलले १० हजार नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरे । त्यस्तै द्वितिय हुने दमक मल्टीपल क्याम्पस झापाका मिसन दाहालले ८ हजार नगदसहित मेडल, कप र प्रमाण पत्र प्राप्त गरे ।
तृतिय हुने नेशनल ईन्फोटेक कलेज वीरगञ्जका परिक्षित सेनले ६ हजार नगदसहित प्रमाणपत्र, मेडल प्राप्त गर्दा शान्तवना हुने काठमाण्डौ मोडेल कलेजका शतिष शाहले ५ हजार नगदसहित प्रमाणपत्र र मेडल पाए । यस्तै पाँचौ स्थान प्राप्त गरेका युनिग्लोब कलेजका मार्शियल तामाङ्ले ४ हजार नगदसहित प्रमाणपत्र र मेडल प्रमाण पत्र प्राप्त गरेका छन् ।
छात्रा तर्फबाट प्रथम हुने टिलिङ्गटार स्कुलकी पुर्णिमा गुरुङ्ले नगद २ हजारसहित मेडल प्रमाण पत्र पाइन् भने द्वितिय, तृतिय हुने मुनलाईट माविकै साक्षि शाह, दिब्यानी सर्राफले नगद १÷१ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै शान्तवना र पाँचौ स्थान पनि मुनलाईट माविकै क्रमशः रञ्जना सर्राफ र नन्दनी लोहियाले प्राप्त गरेका छन् ।
१६ वर्ष मूनिको उमेर समूहबाट साउथ वैस्टर्न स्कुल काठमाण्डौका कुशल बेलबेस प्रथम भएका छन् । मास्कोट एकेडेमीका क्षितिज सेन र सुजित कुमार चौधरी क्रमश द्वितिय र तृतिय भएका छन् । प्रथम हुने कुशलले २ हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्दा क्षितिज र सुजितले १÷१ हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
१२ वर्ष मूनिको उमेर समूहबाट बिएन एकेडेमीका अबिन पाण्डे प्रथम भएका छन् भने टिलिङ्गटार स्कुलका आलोक चर्तुवेदी द्वितिय भएका छन् । डिएभी आरबी केडिया स्कुलका गौतम पटेल तृतिय भएका छन् । उनीहरुले पनि क्रमश २ हजार नगदसहित मेडल र प्रमाण पत्र र १÷१ हजार नगदसहित मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।
१० वर्ष मूनिको उमेर समूहबाट मुनलाईट माविका सुरेश मुखिया प्रथम भएका छन् । मुनलाईट माविकै राहुल सहनी द्वितिय हुँदा पञ्चायन सेलेस्टियन स्कुलका अध्यान्त काफ्ले तृतिय भएका छन् ।
अर्काे समूहतर्फबाट साउथ वैस्टर्न स्कुलका अग्रिम सैञ्जु प्रथम हुँदा गौतम मावि वीरगञ्जका आयुष सर्राफ द्वितिय र मुनलाई माविका बिराट प्रजापती तृतिय भएका छन् ।
स्थानीय विद्यालयतर्फ ग्लोबल बिजनेस कलेजका श्याम गुप्ता प्रथम भएका छन् । गौतम माविका अनिष प्रधान द्वितिय हुँदा न्यु वैभ एकेडेमीका रोहित साह तृतिय भएका छन् ।
वीरगञ्ज महानगरपालिकाको समन्वय र सहयोगसँगै महालक्ष्मी बिकास बैंक, एनएमबी बैंक, एन आई कलेज, पिएमसी कलेज, नेपाल बुद्धिचाल संघसहित परिवर्तन नेपाल फाउडेशनले पनि कार्यक्रममा सहकार्य गरेको छ ।
मुनलाईट माविका प्रधानाध्यापक श्याम केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, नेपाल बुद्धिचाल संघका केन्द्रीय महासचिव धर्म बहादुर लामा, केन्द्रीय सदस्य एवम् वीरगञ्ज महानगरपालिका वडा नम्बर २० का वडाअध्यक्ष रामकिशोर सिंह पराग, केन्द्रीय सदस्य एवम् राष्ट्रिय च्याम्पियन पुरुषोत्तम चौलागाई, वीरगञ्ज ५ का वडाअध्यक्ष प्रदीप चौरसिया, बरिष्ठ फिजिसियन डा. निरज सिंह, वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई लगायतले विजयी विद्यार्थीहरुलाई पुरस्कृत गरेका थिए ।
कार्यक्रमको सहजीकरण सञ्चारकर्मीद्वय उज्जवल शर्मा र सूर्य शुभचिन्तकले गरेका थिए ।



