वीरगञ्ज, ११ पुष । माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको नेतृत्वमा आठ सदस्यीय मन्त्रिपरिषद गठन गरिएको छ ।
नव नियुक्त आठै जना मन्त्रिहरुले आज पद तथा गोपनियताको सपथ लिएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीसहित आठ सदस्यीय मन्त्रिहरुलाई आज सोमबार शपथ ग्रहण गराएकी छिन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा उनीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
आज सपथ लिने मन्त्रीहरुमा उपप्रधानमन्त्रीसहित अर्थमन्त्री विष्णु पौडेल, उपप्रधानसहित भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्रीसहित गृहमन्त्री रवि लामिछानेले रहेका छन् ।
त्यस्तै, विनाविभागीय मन्त्रीहरुमा दामोदर भण्डारी, ज्वालाकुमारी साह, राजेन्द्र राई र अब्दुल खाँले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्रीहरू केपी शर्मा ओली, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई, राष्ट्रिय सभाका अध्यक्षलगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिती रहेको थियो ।


