Birgunj News24
मधेश प्रदेशका प्रदेश सभा सदस्यको शपथ पुष १५ गते हुने  

वीरगञ्ज, ११ पुष । मधेश प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यको शपथ ग्रहण पुस १५ गते हुने भएको छ । सोमबार प्रदेशसभा सचिवालयमा आह्वान गरिएको सर्वदलीय बैठकमा यस्तो सहमति भएको हो ।

पुस १५ गते दिउँसो २ बजे नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको शपथ ग्रहण हुने तय भएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए ।

नेपालको संविधानको धारा १८२ को उपधारा (५), प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम ज्येष्ठ सदस्यले गराउने कानुनी व्यवस्था छ ।

सचिव यादवका अनुसार प्रदेशसभाको ज्येष्ठ सदस्य नेकपा एकीकृत समाजवादीका नवनिर्वाचित सांसद गोवीन्द बहादुर न्यौपानेले शपथ ग्रहण गराउने छन् ।

मधेश प्रदेशसभामा प्रत्यक्ष ६४ र समानुपातिक ४३ गरी १०७ प्रदेश सांसद छन् ।

प्रकाशित मिति: सोमबार, पुस ११, २०७९  १६:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update