Birgunj News24
अवैध मदिरासहित बोलेरो गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा

वीरगञ्ज, ११ पुष । अवैध तरिकाले भारत तर्फ लागिरहेको अवस्थामा मदिरा सशस्त्र प्रहरीले बरामद गरेको छ ।

रौतहट जिल्लाको राजदेवी नगरपालिमा नेपालबाट भारत तर्फ अवैध तरिकाले लागिरहेको अवस्थामा ठूलो मात्रामा मदिरा सशस्त्र प्रहरीले बरामद गरेको हो ।

राजदेवी नगरपालि वडा नम्बर ७ ब्रहमपुरीस्थित बोर्डर आउट पोष्टबाट सहायक प्रहरी निरीक्षक उमेश ढकाल र प्रहरी चौकि बेलबिछवाबाट प्रहरी साहायक निरीक्षक किशोर ठाकुरको कमाण्डमा खटेको ७ जनाको संयूक्त टोलीले चेक प्वाईन्ट थापी चेक जाँच गर्ने क्रममा बोलेरो गाडीमा राखेर नेपालबाट भारत तर्फ अवैध तरिकाले लागिरहेको अवस्थामा मदिरा बरामद गरेको छ ।

नेपालबाट भारत तर्फ गइरहेको वीआर २९ एस ९४०४ नम्बरको भारतीय नम्बरको बोलेरो गाडीलाई रोकेर चेकजाँच गर्दा गाडीबाट १ सय १८ कार्टुन सोफी मदिरा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । गाडीमा सवार व्यक्तिहरु भने फरार भएको प्रहरीको भनाई छ ।

नियन्त्रणमा लिएको गाडीको ५ लाख रुपैयाँ र मदिराको १ लाख २० हजार रुपैयाँ गरी अनुमानित ६ लाख २० हजार रुपैयाँ अनुमानित मूल्याङ्कन गरेर थप अनुसन्धानका लागि प्रहरीले गौर भन्सार कार्यालयलाई बुझाइएको छ ।

प्रकाशित मिति: सोमबार, पुस ११, २०७९  १५:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update