वीरगञ्ज, ७ पुष । वीरगञ्जमा लैंगिक हिंसा निवारण कोष कार्यन्वयन प्रभावकारिता र चुनौती विषयक जिल्लास्तरीय कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
स्थानीय अधिकार कार्यक्रम (एलआरपी) अन्र्तगत एक्शनएड नेपालको सहयोगमा दिव्य युवा क्लब पर्साले वीरगञ्जको लिंकरोडस्थित होटल कुमु प्यालेसमा कार्यशाला गोष्ठीको आयोजना गरेको हो ।
संस्थाका अध्यक्ष उमेश चौहानको अध्यक्षतामा कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।
गोष्ठीमा पर्साको पकाहमैनपुर गाउँपालिकाका अध्यक्ष सुरेश मेहता, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादव, अधिवक्ता हरेराम सर्राफ, पटेर्वासुगौली गाउँपालिकाकी उपाध्यक्ष ममता महतो, नेपाल पत्रकार महासंघ पर्साका कार्यवाहक अध्यक्ष युवराज खड्का, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकी, ज्योति चौरसिया, गोमा नेपाल, सुनिता सापकोटा, हेमा थापा लगायतको उपस्थिती रहेको थियो ।



