Birgunj News24
नेता गुप्ताले बढाए सक्रियता : घरदैलो अभियान निरन्तर चल्दै

वीरगन्ज,३० असोज । नेकपा एमालेका तर्फबाट पर्सा क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिएका राजकुमार गुप्ताले अहिले सक्रियता बढाएका छन । नेता गुप्ताले घरदैलौ मार्फत अहिले सक्रियता बढाएका हुन ।

आज पर्साको विन्दवासिनी गाँउपालिका वडा नम्बर २ बहुअर्वा भाटा सहितको विभिन्न टोेलमा घरदैलो गरेका छन ।

घरदैलोको क्रममा उनले सतागठबन्धलाई पराजित गर्न र देशलाई बिकाश तर्फ लग्न एमाले सरकारको आवश्यता रहेको भन्दै सुर्य छापमा मतदान गर्न मतदाताहरुलाई आग्रह गरेका छन ।

घरदैलो कार्यक्रममा प्रदेश सभा सदस्यका उम्मेदवार मधु गुप्ता ,पोखरीया नगरपालिकाका मेयर प्रदुमन चौहान , पुर्व उपमेयर सल्मा खातुन , विन्दबासिनी गाँउपालिकाका पुर्व अध्यक्ष श्रीलाल साह कानृु , नेकपा एमालेका नेता शिव पटेल , राष्ट्रिय युवा संघ नेपाल पर्साका अध्यक्ष महम्द निजाम लगायतका नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

प्रकाशित मिति: आइतबार, असोज ३०, २०७९  १९:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update