Birgunj News24
पर्सामा बिहेमा नाच्ने विषयमा झगडा हुँदा एक जनाको मृत्यु

वीरगञ्ज, ६ पुष । पर्सामा बिहेमा नाच्ने विषयमा झगडा हुँदा एक जनाको मृत्यु भएको छ ।

मंगलबार राति भएको झगडामा जिल्लाको जिराभवानी गाउँपालिका ४ का ३६ वर्षीय सैमुल्लाह राउतको मृत्यु भएको प्रहरीले जनाएका छन् ।

स्थानीय २२ वर्षीय साबिर राउत गद्दीको विवाहमा झै–झगडा हुँदा कुटपिट भएर सैमुल्लाहको ज्यान गएको प्रहरीले जनाएको छ ।

घाइते भएका सैमुल्लाहलाई उपचारका लागि नारायणी अस्पताल वीरगञ्जमा लग्दा डाक्टरले मृत घोषणा गरेका थिए ।

प्रहरीका अनुसार साबिर राउत गद्दीको विवाहमा सैमुल्लाह राउत गद्दी पनि गएको र विवाहमा नाचगान गर्ने व्यक्तिलाई सैमुल्लाहले नाच्न नदिएको विवादमा झगडा भएको थियो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, पुस ६, २०७९  १८:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update