वीरगन्ज, ६ पुस । पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर ५ भिस्वामा जिल्ला अनुगमन टोलीले छापामारी अवैध रुपमा ल्याईएको भारतीय चामल बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सा, सशस्त्र प्रहरी बल नम्बर १३ गण हेडक्वाटर र वीरगन्ज भन्सार कार्यालयको सयुँक्त टोलीले भिस्वा बजारमा छापामा मारेर ३ सय ११ बोरा भारतीय चामल बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नम्बर १३ गण हेडक्वाटर पर्साका सशस्त्र प्रहरी नायव उपरीक्षक संतोष बस्नेतका अनुसार भिस्वा बजारमा भण्डारण गरि राखिएको सूचनाको आधारमा छापामारी गरि उक्त परिमाणको चामल बरामद गरिएएको हो ।
भिस्वा बजारस्थित बिस्मिल्लाहा मियाँ तेलीको घरमा गोदाम भाडामा लिएर भण्डारण गरिएको थियो । बरामद चामल आवश्यक कारवाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा ल्याईदैछ ।
प्रकाशित मिति: बुधबार, पुस ६, २०७९ १७:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय



