Birgunj News24
पर्साका एसपी बस्नेतको सरुवा, कोमल शाह पर्सा आउँदै 

वीरगञ्ज, ४ पुष ।  जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतको सरुवा भएको छ । बस्नेतको काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा भएको हो ।

पर्सा जिल्लामा १ वर्ष १ महिनाको कार्यकाल पूरा गरेका बस्नेतको नेपाल प्रहरी प्रधान कार्यालयले सरुवा गरेको हो । बस्नेतसागै प्रहरी प्रधान कार्यालयले २३ जना प्रमुख प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको हो । 

पर्सामा प्रमुख प्रहरी उपरीक्षकको रुपमा कोमल शाह आउने भएका छन् । शाह नेपाल प्रहरी पहरा गण सामाखुशी, काठमाण्डौबाट पर्सामा सरुवा भएका हुन् । 

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैया बारामा सन्तोष कुमार भट्टराई आउने भएका छन् । हाल त्याहाँ कार्यरत नान्तीराज गुरुङ्को सरुवा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा भएको प्रधान कार्यालयका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए । 
 

प्रकाशित मिति: सोमबार, पुस ४, २०७९  १४:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update