वीरगञ्ज, ४ पुष । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवास्थित जन संरक्षण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औँ साधारण सभा सम्पन्न भएको छ ।
नेफस्कुन सञ्चालक समितिका सदस्य हरेराम पटेलले साधारण सभाको उद्घाटन गरेका हुन् ।
अमृता कुमारी चौरसियाको अध्यक्षतामा सम्पन्न साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभालाई सम्बोधन गर्दै जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष राजेश पण्डित, महासचिव जिष्णु बराल, राष्ट्रिय सहकारी बैंक प्रबन्धक संजय महतो, सहकारी डिभिजनका पूर्व प्रमुख दुर्गा जयसवाल, नेफस्कुन फील्ड प्रमुख बृजेश गुप्ता, सकोस मेनेजर्स क्लबका अध्यक्ष चन्देश्वर चौरसिया, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज, दिलिप चौरसिया लगायतले संस्थाका गतिविधिका बारेमा चर्चा गरेका थिए ।
प्रकाशित मिति: सोमबार, पुस ४, २०७९ ११:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय



