Birgunj News24
पुष ९ गते शनिवार वीरगञ्जको माईस्थानमा निःशूल्क मधुमेह परीक्षण शिविरको आयोजना हुने

वीरगञ्ज, ३ पुष ।  लायन्स क्लब अफ वीरगञ्ज सहयोगीले निःशूल्क मधुमेह परीक्षण शिविरको आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष दिलपाल साहको अध्यक्षतामा शनिवार बसेको बैठकले निःशूल्क रुपमा मधुमेह परीक्षण शिविरको आयोजना गर्ने निर्णय गरेको हो । 

यही पुष ९ गते शनिवारका दिन वीरगञ्जको माईस्थानमा निःशूल्क मधुमेह परीक्षण शिविरको आयोजना गर्ने निर्णय भएको क्लबका द्वितिय उपाध्यक्ष अमरकान्त झाले जानकारी दिए । 

मधुमेह परीक्षण शिविरमा डा. अच्युत कर्ण, डा. अजय कुमार गुप्ता, डा. राजीव यादव र डा. प्रवेज आलम अन्सारीले परीक्षण गर्नेछन् । शिविरको संयोजन उपाध्यक्ष डा. पशुपति भट्ट र डा. सफरोज अन्सारीले गर्नेछन् । बैठकमा यसअघि विश्व मधुमेह दिवसका अवसरमा क्लबले आयोजना गरेको निःशूल्क मधुमेह परीक्षण शिविर भव्य रुपमा सफल भएको समिक्षा गर्दै पुनः शिविरको आयोजना गर्ने निर्णय गरेको हो ।

वीरगञ्जको मुर्लीस्थित सार्थक इम्पेक्समा बसेको बैठकले छोरी जन्मिएको खुशीमा क्लबको तर्फबाट द्वितिय उपाध्यक्ष अमरकान्त झालाई बधाईसमेत ज्ञापन गरेको थियो । 

सदस्यता विस्तार गर्ने पनि निर्णय भएको छ । जसमा राजेश कुमार कुशवाहा, दीपक शर्मा र मन्त्रीलाल गुप्ता नयाँ सदस्यका रुपमा थपिएका छन् । 

शनिवारको बैठकमा द्वितिय उपाध्यक्ष अमरकान्त झा, सदस्यहरु विजय कुमार सर्राफ, विशालराज गिरी, डा. सफरोज अंसारी, सूर्यनारायण वि.क. सँगै नयाँ थपिएका सदस्यहरु दिपक शर्मा, राजेश कुमार कुशवाहा र मन्त्रीलाल गुप्ता उपस्थित थिए । 

प्रकाशित मिति: आइतबार, पुस ३, २०७९  १७:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update