Birgunj News24
बसले मोटरसाइकलमा ठक्कर दिँदा एकजनाको मृत्यु

वीरगञ्ज, ३ पुष । धनुषाको ढल्केबरमा बसले मोटरसाइकलमा ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने एकजा गम्भीर घाइते भएका छन् ।

आइतबार बिहान पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको ना ६ ख ८४२४ नम्बरको यात्रुबाहक बस विपरीत दिशाबाट आउँदै गरेको ज १२ प १४९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । 

दुर्घटनामा परेर मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार धनुषाको मिथिला विहारी नगरपालिका वडा नम्बर १ भुतहीपटेर्वाका ५८ वर्षीय चन्द्रीप यादव रहेको ईलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक लक्ष्मण यादव गाम्भीर घाइते भएका छन् । लक्ष्मणको उपचार जनकपुरको काव्या हस्पिटलमा भइरहेको छ । 

बस र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: आइतबार, पुस ३, २०७९  १३:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update