वीरगञ्ज, ३ पुष । पर्सा ख्रीष्टियन समाजको आयोजनामा ख्रीष्टमस शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । वीरगञ्जका सबै चर्चहरुको सहभागितामा हरेक वर्ष जस्तै यस वर्ष पनि समाजले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको हो ।
ख्रीष्ट जन्मोत्सवको अवसरमा वीरगञ्जको घण्टाघरबाट निकालिएको र्याली माईस्थान, आदर्शनगर हुँदै नगर परिक्रमा गरेर पुनः घण्टाघरमा आई कोण सभामा परिणत भएको थियो ।
पर्सा ख्रीष्टियन समाजका अध्यक्ष पास्टर बाबुराम क्षेत्रीले ख्रीष्टको जन्मको बारेमा प्रकाश पारेका थिए ।
पौष १० गते डिसेम्बर २५ का दिन मनाइने ख्रीष्टमस डेको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा वीरगञ्ज ख्रीष्टियन यूवा संगतीले विभिन्न सांगितीक प्रस्तुती पनि दिएका थिए ।
कार्यक्रम संयोजक एवम् समाजका महासचिव रामप्रसाद घिमिरेले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सहजीकरण जेबिना बस्नेतले गरेकी थिइन् ।



