 
                                                                        भोजपुरी सुपरस्टार पवन सिंहलाई भारतीय जनता पार्टीबाट निष्काशिन गरिएको छ । पवन सिंह काराकाट संसदीय क्षेत्रबाट स्वतन्त्र उम्मेदवारका रूपमा उम्मेदवार छन्।
यहाँबाट एनडीएका उम्मेदवार उपेन्द्र कुशवाहा चुनावी मैदानमा छन् । भोजपुरी कलाकार सिंहलाई पार्टी विरोधी गतिविधिमा संलग्न भएको आरोप लागेको छ । त्यसैले भाजपाले कारबाही गरेर उनीलाई बाहिरको बाटो देखाएको हो।
पवन सिंहले अभिनेताबाट नेता बन्ने यात्रा तय गरेका थिए तर त्यसअघि नै उनी विवादमा आएका छन्। उनलाई लिएर विवाद भएको यो पहिलो पटक भने होइन । पवन सिंह भोजपुरी सिनेमाका ती कलाकार हुन्, जसलाई लिएर बारम्बार विवाद हुने गर्छ ।
प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  १८:०२
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
                साताको लोकप्रीय
            
        



 
                                                 
                                                 
                                                 
                                                 
                             
                             
                             
                             
                             
                            