वीरगञ्ज, १ पुष । नेपाल पत्रकार महासंघ पर्साको २५ औँ साधारण सभा सम्पन्न भएको छ । महासंघका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा महासंघकै सभा कक्षमा साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभालाई नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहान, केन्द्रीय सदस्य केसी लामिछाने, मधेश प्रदेशका महासचिव श्याम बन्जारा, पूर्व अध्यक्ष अशोक तिवारी, पूर्व मध्यमाञ्चल संयोजक महेश दास पत्रकार महासंग को उपाध्यक्ष्य युवराज खड्का लगायतले सम्बोधन गरेका थिए ।
साधारण सभालाई सम्बोधन गर्दै वक्ताहरुले पत्रकारिता क्षेत्रलाई व्यवसायिक र मर्यादित बनाउनुपर्नेमा जोड दिएका थिए । पछिल्लो समय पत्रकारिता क्षेत्रमा विभिन्न चुतौतीहरु थपिएको हुँदा प्रविधिको प्रयोग गर्दै पेशालाई प्रविधिमैत्री बनाउनुपर्ने वक्ताहरुको भनाई थियो । पत्रकारको पेशागत हकहित एवम् संरक्षणका लागि महासंघ सँधै अग्रसर हुने शाखा अध्यक्ष तिवारीले बताए ।
आफ्नो कार्यकालमा थुप्रै निर्माणका कामहरु भएको बताउँदै उनले आगामी दिनमा पनि पत्रकारको हकहितका लागि निरन्तर आवाज उठाउने बताए । महासंघका उपाध्यक्ष अनुप तिवारीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सहजीकरण महासंघका सचिव भुषण यादवले गरेका थिए ।



